आइतबार, जेठ ६, २०८१

खुमलटारलाई हराउदै पुलिस विजयी

नेपालखोज २०८० वैशाख १४ गते २०:५७

काठमाडौं । एफसी खुमलटारलाई हराउदै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पुलिसले एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा अहमद हिजाजीले दुई गोल गरे । मोसेज ट्वुमले एक गोल थपे । खुमलटारका मुसेके ओलुमोउले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८३ औं मिनेटमा मोसेजले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए ।

पुलिसको यो तेस्रो जित हो । पुलिस १३ खेलमा १२ अंक जोडेर पुछारमा रहेको छ । खुमलटारको यो आठौं हार हो । खुमलटार १३ खेलमा १३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया