आइतबार, जेठ ६, २०८१

राजस्थान रोयल्स चेन्नई सुपर किंग्सलाई पराजित गर्दै अंक तालिकाको शिर्षमा

नेपालखोज २०८० वैशाख १५ गते ५:११

काठमाडाैं । राजस्थान रोयल्सले आईपीएलमा चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गरेको छ । यो सिजनमा धोनीको टिममाथि राजस्थानको दोस्रो जित हो । यो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

यसैगरी चेन्नई सुपर किंग्स पहिलो स्थानबाट झर्दै तेस्रो स्थानमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २०२ रन बनाएको थियो, जवाफमा चेन्नई सुपर किंग्सले १७० रन मात्र बनाउन सक्यो ।

आईपीएलको ३७औँ खेलमा टस जितेर ब्याटिङ रोज्ने सञ्जु सैमसनको निर्णयलाई उनका ब्याट्सम्यानहरुले सही सावित गरेका थिए ।

प्रतिक्रिया