आइतबार, जेठ ६, २०८१

एसीसी प्रिमियर कपमा सेमिफाइनलको समीकरण कसरी तयार भयो ? 

नेपालखोज २०८० वैशाख १५ गते ११:५४

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल नेपाल र कुवेत बिच टियु क्रिकेट ग्राउन्डमा तथा दोस्रो सेमिफाइनल ओमान र युएईबिच मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा घरेलु टिम नेपालसँगको भेट पक्का गरेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्ने भएका हुन् ।

समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा बराबरीका साथ ७ अङ्क जोड्दै शीर्ष स्थानमा रहेर समूह विजेता भएको हो । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ खेलमा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रह्यो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो । युएईको नेटरनरेट २.४६८ छ भने कुवेतको ०.२२३ छ । अब दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबिच प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिताको फाइनल भने सोमबार टियु क्रिकेट ग्राउन्डमा हुनेछ । यो प्रतियोगिताको विजेता देशले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ जहाँ क्रिकेटका दिग्गज टिमहरूको उपस्थिति छ । त्यस्तै शीर्ष तीन टिमले आगामी जुनमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो ।

साउदी अरेबियासँगको खेल भने वर्षाको कारण रद्द भएको थियो । कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो । त्यसपछि बहराइनलाई दुई विकेट, सिंगापुरलाई ४ विकेट र हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । समूह बी मा युएईले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । समान ६ अङ्क भए पनि युएई नेटरनरेटमा अघि रहँदै शीर्षस्थानमा रह्यो । हङकङ ४ खेलमा २ मा जित, १ खेलमा हार र १ खेलमा अङ्क बाँड्दै ५ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । बहराइन ४ खेलमा १ मा जित, २ खेलमा हार र १ खेलमा अङ्क बाँड्दै ३ अङ्कका साथ चौथो स्थानमा रहेर बाहिरियो भने सिंगापुर सबै खेलमा जित विहीन रह्यो ।

प्रतिक्रिया