आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिग : एनआरटीले थ्री स्टारलाई हरायो

नेपालखोज २०८० वैशाख १५ गते १८:०७

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार एनआरटीले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

शनिबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले पेनाल्टीको मौका चुकाउन पुगेको थियो । एनआरटीले भने थ्री स्टार विरुद्ध गरेको एक गोल निर्णायक बन्यो ।

हारपछि थ्री स्टार लिग अङ्क तालिकामा शीर्ष स्थानमा पुग्ने अवसरबाट बञ्चित भयो। १३ खेलबाट थ्री स्टारको २२ अङ्क भएको छ। शीर्ष स्थानको जावलाखेलको २३ अङ्क रहेको छ। जितपछि एनआरटी आठौं स्थानमा उक्लिएको छ। उसको १३ खेलबाट १६ अङ्क भएको छ।

प्रतिक्रिया