सोमबार, वैशाख २४, २०८१

त्रिवि मैदानमा झमझम पानी पर्यो, खेल रद्द भए पनि नेपाल फाइनलमा पुग्ने

नेपालखोज २०८० वैशाख १६ गते ११:०८

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर लिगअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेर रोकिएको छ।

२३.२ ओभरको खेल भइरहँदा पानि परेसँगै खेल रोकिएको हो । तर खेल यत्तिकैमा रोकिएपनि नेपाल भने सेमिफाइनल पुग्नेछ ।

यदि आजको खेल पानी परेर रद्द भए पनि नेपालले फाइनलमा स्थान बनाउने सम्भावना रहेको छ । दोस्रो ओभरमा एकै बल पनि नभई खेल रद्द भए नेपालले, समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाउनेछ ।

तर, नेपालले पहिलो इनिङमा ब्याटिङ गर्दै जति रनको लक्ष्य दिएपनि दोस्रो इनिङ हुन सकेन तर खेलको निर्धारित समय सकिन २० मिनेट बाँकी रहँदा मैदान खेल्न योग्य भयो भने सुपर ओरमा नतिजा लिइने छ । पहिलो सुपर ओभर टाई भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभर टाई भएको खण्डमा नेपाल समूह विजेता को हैसियतले फाइनल पुग्नेछ ।

फाइनलमा पनि यहि नियम लागु हुनेछ । यदी, १८ गते पानि परेर टस पनि नभई खेल रद्द भए एक दिन फाइनलका लागि रिजर्भ राखिएको छ । रिजर्भमा पनि पानि परे सोहि नियम लागु हुनेछ र, वरियता अनुसार जो माथि छ त्यहि टिमले एसिया कपमा स्थान बनाउने छ ।

जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएर खेलिरहेको थियो । क्रिजमा कुशल मल्ल ३२ र रोहित पौडेल २९ रन बनाएर खेलिरहेका थिए ।

प्रतिक्रिया