मंगलबार, वैशाख २५, २०८१

यूएईले ओमानलाई २३७ रनको लक्ष्य दियाे

नेपालखोज २०८० वैशाख १६ गते १२:५०

काठमाडाैं । एसीसी प्रिमियर कपअन्तर्गत मुलपानी मैदानमा जारि दोस्रो सेमिफाइनल खेलमा यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३६ रनको योगफल तयार पारेको छ । यूएईका लागि ओपनर मोहमद वासिमले ३१ बलमा समान ४ चौका र छक्कासहित सर्वाधिक ४८ रनको इनिङ खेले ।

रमिज शहजाद ४६ रनमा आउट हुँदा, आर्यान लाक्राले २५ रन योगदान गरे । जारि प्रतियोगितामा दुई शतक प्रहार गरेका भृत्य अर्विन्दले १८ रन जोडे । आसिफ खान र बासिल हमिदले समान ३४ रन जोड्दा, आर्यन अफजल खानले १० रन बनाए ।

ओमानका बिलाल खानले ९.२ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । भने, जिसन मक्सुदले १० ओभरमा ३२ रन खर्चिएर ४ विकेछ लिए ।

आर्यन खानले २ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल पानि परेका कारण अवरुद्ध भएको छ।

प्रतिक्रिया