मंगलबार, वैशाख २५, २०८१

एसीसी प्रिमियर कप- फाइनलको समीकरण

नेपालखोज २०८० वैशाख १६ गते १७:१३

काठमाडाैं । एसीसी प्रिमियर कपको दुबै सेमिफाइनल वर्षाका कारण रद्द भएसँगै नेपाल र युएई फाइनलमा पुगेका छन् । खेल नतिजा विहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो, भने युएई डस वर्थ लुइस मेथडका आधारमा ओमानलाई पछाडि पार्दै फाइनलमा पुगेको हो ।

अब यो प्रतियोगिताको फाइनल सोमबार हुनेछ भने उपाधि जित्ने टिमले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।

यता नेपाल फाइनलमा पुगेसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।

प्रतिक्रिया