सोमबार, वैशाख २४, २०८१

साताका ७ तस्बिर

नेपालखोज २०८० वैशाख १६ गते १९:०५

नेपालखोजका नियमित पाठकका लागि गएको आइतबार देखि शनिबारसम्मका ७ तस्बिर एकीकृत गरेर प्रस्तुत गरेका छौँ ।

घोराही उपमहानगरपालिका-१६ कापासीस्थित एक रिसोर्टको भित्तामा थारु संस्कृति झल्किने चित्र बनाउँदै कैलालीका स्थानीय । रहरबाट सुरु गरेको उनको पेन्टिङ यात्रा यतिवेला परिवारकै जीवन धान्ने आम्दानीको श्रोत बनेको छ ।

मेलम्ची नगरपालिका कृषि विकास शाखाबाट आव २०७९÷८० को विनियोजित रकमबाट ५० प्रतिशत अनुदानमा कृषकलाई शुक्रबार मिनिटिलर वितरण गर्दै नगरप्रमुख आइतमान तामाङ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा । नेपालकै सबैभन्दा लामो गुफा मानिएको यो गुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने पर्याप्त सम्भावना रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१७ का थारु समुदायका महिलाहरु बुधबार रावत गाउँस्थित भेलई बाँधमा माछा मार्दै । थारु समुदायले फुर्सदको समयमा नदी, खोला, खोल्सा र खेतहरुमा माछा मारेर तरकारीको रुपमा खाने गर्दछन् ।

नेपाल रेडक्रस सोसाईटी मध्यपुर थिमि उपशाखाको आयोजनामा विसं २०७२ वैशाख १२ को स्मरणमा भूकम्पसम्बन्धी जनचेतना जगाउन प्रदर्शित २०७२ सालको भूकम्पका तस्बिर अवलोकन गर्दै स्थानीयवासी ।
भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं-५ स्थित गुराँसेमा फुलेको ढकमक्क लालीगुँरास ।
चितवन क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनमा भरतपुर १२ मोहन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै किरियापुत्री विष्णु पौडेल (छिमेकी) । उहाँ नेपाल पत्रकार महासङ्घ चितवनका पूर्व अध्यक्ष हुनुहुन्छ ।

Photo : RSS

प्रतिक्रिया