मंगलबार, वैशाख २५, २०८१

इमर्जिङ टिम्स एसिया कपमा नेपाल

नेपालखोज २०८० वैशाख १७ गते ५:४८

काठमाडाैं । नेपालले एसिसी प्रिमियर कपमा फाइनलमा स्थान बनाएसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि स्थान बनाएको छ । यो प्रतियोगिता आगामी जुलाईमा हुने तय भए पनि स्थानको निर्क्योल भने भैसकेको छैन । २०२३ को इमर्जिङ टिम्स एसिया कप भारत वा श्रीलंका मध्ये एक देशमा हुने सम्भावना छ ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका यू-२३ टिमसँगै प्रिमियर कपका शीर्ष तीन टिम सहभागि हुनेछन् । नेपाल र युएईले फाइनलमा स्थान बनाउँदै इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् भने आज आइतबार हुने कुवेत र ओमानबीच तेस्रो स्थानको विजेताले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।

इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टिमका यू-२३ उमेर समुहका खेलाडीहरु सहभागि हुन्छन् । यो प्रतियोगिता एसोसिएट टिमलाई एक्स्पोजर दिन आयोजना गरिदै आएको छ । पछिल्लो पटक बंगलादेशमा सम्पन्न ( २०१९ ) इमर्जिङ टिम्स एसिया कपमा नेपाल पनि सहभागि थियो ।

उक्त प्रतियोगितामा नेपाल भारतसँग ७ विकेट तथा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो भने नेपालले हङकङलाई ४० रनले हराएको थियो । त्यसपछि भने इमर्जिङ टिम्स एसिया कप हुन सकेको छैन । त्यसअघि नेपालले २०१३ तथा २०१७ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । २०१८ को यो प्रतियोगितामा भने नेपाल छनोट हुन सकेन ।

प्रतिक्रिया