आइतबार, जेठ ६, २०८१

आईपीएलको इतिहासको एक हजारौं खेलमा मुम्बई इन्डियन्सकाे कीर्तिमानी जित

नेपालखोज २०८० वैशाख १८ गते ५:३०

काठमाडाैं । आईपीएलको एक हजारौं खेल लामो समयसम्म याद रहनेछ । मुम्बई इन्डियन्सले वानखेडे स्टेडियममा २१३ रनको लक्ष्य हासिल गर्दै नयाँ कीर्तिमान मात्र कायम गरेन रोहित शर्मालाई उनको जन्मदिनमा १५० औं कप्तानी जित दिलायो । रोमाञ्चक खेलको अन्तिम ओभरमा मुम्बईले १७ रन जोडेको थियो । टिम डेभिडले जेसन होल्डरको पहिलो तीन बलमा तीन छक्का प्रहार गर्दै मुम्बईलाई तीन बल बाँकी रहँदै छ विकेटको जित दिलाए ।

वानखेडे रंगशालामा कुनै टिमले यति ठूलो लक्ष्य हासिल गरेको यो पहिलो अवसर हो । आईपीएलको यो १००० औं खेलको पूरा ४० ओभरमा अचम्मै अचम्म मात्र देखियो। युवा यशस्वी जैसवालले पहिलो २० ओभरमा आफ्नो ब्याटबाट आतंक नै सृजना गरे । उनले ६२ बलमा उत्कृष्ट १२४ रन बनाए । जसमध्ये ११२ रन चौका र छक्काको मद्दतले बनेका थिए । यसबाट मुम्बईका बलरमाथि उनि कत्ति हावी थिए भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि खेल यहीँ टुङ्गिएन । २१३ रनको लक्ष्य पछ्याउँदै मुम्बई इन्डियन्सका ब्याट्सम्यानले जितका लागि ज्यान दिने जोश देखाए पछि यो खेल ‘पैसा असुल’ खेल साबित भेएको थियो । सूर्यकुमार यादव (५५ रन) ले पुरानो शैलीको झलक देखाए ।

टिम डेभिड (अनटआउट ४५) र तिलक वर्मा (२९ रन) ले आईपीएलको सबैभन्दा ठूलो म्याच फिनिशरको उपाधि पाए । राजस्थानले जित हात पार्न सकेन तर यशस्वी जैसवाल खेलको सबैभन्दा ठूलो खेलाडी अर्थात म्यान अफ द म्याच घोषित भए । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो । आईपीएलमा आफ्नो पहिलो शतक प्रहार गर्ने यशस्वी जैसवाल राजस्थान रोयल्सको इनिङ्सको नायक बने । मुम्बईका लागि अरशद खानले ३९ रनमा ३ विकेट र पियुष चावलाले ३४ रनमा २ विकेट लिए ।

जोफ्रा आर्चर र रिले मेरिडिथले एक एक विकेट लिए । अन्तिम दुई ओभरमा मुम्बईलाई ३२ रन चाहिएको थियो। राजस्थानका कप्तान सञ्जु सैमसनले सन्दीप शर्मालाई १९ औं ओभरको बलिङ गर्न पठाएका थिए । टिम डेभिडले ओभरको दोस्रो बलमा छक्का प्रहार गरे । अर्को बल वाइड थियो र मुम्बईले अर्को रन पायो । ओभरको पाँचौं बलमा डेभिडले चौका हाने तर सन्दीपले यो ओभरमा १५ रन मात्र दिए । अन्तिम ओभरमा मुम्बईले १७ रन जोड्नु थियो । टिम डेभिडले होल्डरलाई लगातार तीन छक्का प्रहार गर्दै मुम्बईलाई तीन बल बाँकी रहँदै जित दिलाए।

प्रतिक्रिया