आइतबार, जेठ ६, २०८१

वर्षाका कारण नेपाल र यूएईबीचको खेल राेकियाे

नेपालखोज २०८० वैशाख १८ गते १०:३५
फाइल तस्बिर

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको हाे ।

एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षाले खेल रोक्नु अघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको छ । यूएईले पहिलो विकेटका रुपमा कप्तान मोहम्मद वसीम र दोस्रो विकेटका रुपमा बिस्फोटक ब्याटर बृत्य अरबिन्दलाई गुमायो ।

३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। त्यस्तै ४.५ ओभरमा करण केसीले अरबिन्दको विकेट लिएका हुन्।

प्रतिक्रिया