आइतबार, जेठ ६, २०८१

नेपाल र यूएईबीचको आज हुने फाइनल हेर्न टिकट नलाग्ने, खेल ९ बजेदेखि सुरु हुने

नेपालखोज २०८० वैशाख १९ गते ५:५९

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको आज हुने फाइनलको बाँकी खेल हेर्नका लागि टिकट नलाग्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आजको खेल निःशुल्क हुने जनाएको हाे ।

वर्षाका कारण स्थगित भएको नेपाल र यूएईबीचको फाइनल खेल हिजाे रोकिएकै ओभरबाट आज बिहान ९ बजेदेखि सुरु हुनेछ ।

हिजाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र आजसम्मका लागि स्थगित भएको थियाे ।

आज पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।

प्रतिक्रिया