भगवान् बुद्धको आरधाना

भगवान् बुद्धको जन्म वैशाख महिनाको पूर्णिमामा भएको थियो । क्यालेन्डर अनुसार यस पटकको पूर्णिमा वैशाख २२ गते शुक्रबार परेको छ । यसपटक गौतम बुद्धको २५८५ औं जन्मजयन्ती मनाइँदैछ । यस दिन चन्द्रग्रहण पनि लाग्नेछ । चन्द्रग्रहण स् वर्षको पहिलो चन्द्रग्रहण वैशाख २२ गते शुक्रबार राति ९ बजे देखि लाग्नेछ जुन छाया चन्द्रग्रहण हुनेछ । यो ग्रहण राती १स् १५ मा समाप्त हुनेछ ।
पुजाको शुभ समय
अभिजित मुहूर्त स् दिउँसो १२स्२५ देखि १स्१६ सम्म । विजय मुहूर्त : दिउँसो ०२स्५९ देखि ३स्५१ सम्म । यो दिन ९:३० बजेसम्म सिद्ध योग रहनेछ ।
पूजाका लागि शुभ मन्त्र स्
– ॐ मणि पद्मे हूँ
– बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि ।
दान स् यो दिन गरिबलाई खाना तथा कपडा दान गर्दा पुण्य प्राप्त हुन्छ । बुद्ध पूर्णिमाका दिन सत्तु, मिठाई, भाँडा, खाद्यान्न, कपडा आदि दान गर्नसकिन्छ । यो दिन तिल र मह दान गर्दा पापबाट मुक्ति मिल्छ ।
नुहाउने स् यो दिन पवित्र नदीहरूमा नुहाउनु महत्त्वपूर्ण छ । स्नानले पापबाट मुक्ति दिन्छ।
खीर स् यो दिन खीर खाए भगवान बुद्धको आशीर्वाद प्राप्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो हुन्छ ।
तर्पण स् स्नान गरेपछि पितृदोषबाट मुक्ति र पितृको आशीर्वाद प्राप्त हुन्छ भने त्यस पछि चन्द्रदेवलाई अर्घ्य दिनुपर्छ ।

प्रतिक्रिया