आइतबार, जेठ ६, २०८१

रारा म्याराथन आज

नेपालखोज २०८० वैशाख २२ गते ७:२८

काठमाडौं । मुगुको प्रख्यात रारा ताल परिसरमा आज वैशाख २२ गते रारा म्याराथन संचालन हुँदै छ । रारा किनारबाट सुरु हुने म्याराथन सोही स्थानमा आएर समापन हुने आयोजक तथा व्यवस्थापक अन्तरालले जनाएको छ ।

म्याराथनको रुट रारा ताल किनारबाट सुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदै चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरी तर्फ लाग्नुपर्नेछ ।

त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ ।

रारा म्याराथनले स्थानीय खेलाडीहरू उत्पादनमा जोड दिनेछ । यसका लागि मुगुका खेलाडीहरूलाई म्याराथनमा सहभागी हुँन कुनै शुल्क लाग्ने छैन ।

प्रतिक्रिया