कोलकाताले हैदरावादलाई ५ रनले हरायो

नेपालखोज २०८० वैशाख २२ गते ५:४४

काठमाडाैं । हैदरावादमा भएको आईपीएलको ४७औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेको छ । कोलकाताले हैदरावादलाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो । सनराइजर्स हैदरावादका कप्तान इडेन मार्करामले ४१ रनको इनिङ खेले । एकातिर विकेट झरिरहेको बेला उनले क्रिजमा पाइला राखे । हेनरिक क्लासेन र मार्करामले मिलेर ७० रनको साझेदारी गरे । क्लासेनले ३६ रन बनाए । योसँगै हैदरावादका ब्याट्सम्यान अब्दुल समदले पनि २१ रनको महत्वपूर्ण इनिङ खेले ।

खेलको रोमाञ्च अन्तिम ओभरमा देखियो । अन्तिम ओभरमा ९ रन आवश्यक थियो र स्पिनर वरुण चक्रवर्तीलाई ओभर दिइएको थियो । अब्दुल समद र भुवनेश्वर कुमार क्रिजमा जमेका थिए । पहिलो दुई बलमा एक ( एक रन बन्यो भने तेस्रो बलमा अब्दुल समदलाई अनुकुल रोयले क्याच दिए । अन्तिम ३ बलमा ७ रन आवश्यक थियो र भुवनेश्वर कुमार तथा मार्कण्डेय क्रिजमा थिए। मार्कण्डेयले चौथो बल खेले र त्यो खाली गयो । मार्कण्डेयले पाँचौं बलमा एक विकेट लिए भने अन्तिम बलमा ६ रन आवश्यक थियो । भुवनेश्वर कुमारले अन्तिम बल खेल्न सकेनन् । योसँगै कोलकाताले खेल ५ रनले जित्यो ।

१७२ रनको लक्ष्य

पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १७१ रन बनाएर हैदरावादलाई १७२ रनको लक्ष्य दिएको थियो । कोलकाताका कप्तान नितिश रानाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कोलकाताका लागि रिंकु सिंह र नितिश रानाले सर्वाधिक रन बनाए । रिंकु सिंहले ३५ बलमा ४६ रन बनाए भने नितिश राणाले ३१ बलमा ४२ रन बनाए । यी दुबै टिम आईपीएलको अंक तालिकाको पुछार तिर छन् । कोलकाता अब आठौं र हैदराबाद नवौं स्थानमा छ।

प्रतिक्रिया