किन दुर्लभ छ आजको चन्द्रग्रहण ?

यो वर्षको पहिलो चन्द्रग्रहण आज वैशाख २२ गते शुक्रबार ९ मे ५ ० लाग्दैछ । यो पूर्ण नभई पेनम्बरल चन्द्रग्रहण हुनेछ। वास्तवमा चन्द्रग्रहण तीन प्रकारका हुन्छन् । पूर्ण चन्द्रग्रहण, आंशिक चन्द्र ग्रहण र पेनम्बरल चन्द्र ग्रहण ।
पेनम्बरल चन्द्रग्रहण के हो ?
ग्रहण हुनुअघि चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ, जसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ। यो पूर्ण चन्द्रग्रहण होइन, त्यसैले चन्द्रमाको छायाँ पृथ्वीमा पर्दैन, उपछायाँ मात्र पर्छ अर्थात्, धमिलो छाया देखिन्छ। पेनमबरल चन्द्रग्रहणमा चन्द्रमाको आकारमा कुनै परिवर्तन देखिँदैन । यो सामान्य दिनहरू जस्तै देखिन्छ, तर यदि ध्यानपूर्वक हेरियो भने , यसको रंग केहि हल्का भए जस्तो अर्थात मटमैलो देखिन्छ ।
कसरी लाग्छ चन्द्रग्रहण ?
हामी सबैलाई थाहा छ कि पृथ्वी घुम्छ र यसले परिक्रमा पनि लगाउँछ । परिक्रमा भनेको पृथ्वी सूर्यको वरिपरि घुम्नु हो । यसका साथै पृथ्वी आफ्नै अक्षमा घुम्छ जसलाई परिभ्रमण भनिन्छ । सूर्यको परिक्रमा गर्नेक्रममा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रग्रहण लाग्छ ।
चन्द्रग्रहण कहिले लाग्छ ?
जब पूर्णिमाको दिन पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ, त्यसको छाया चन्द्रमामा पर्छ जसका कारण चन्द्रमामा छायाँ परेको भाग अँध्यारो हुन्छ र यस्तो अवस्थामा पृथ्वीबाट चन्द्रमालाई हेर्दा त्यो भाग कालो देखिन्छ । यसैलाई चन्द्रग्रहण भनिन्छ ।
चन्द्रग्रहण कसरी हेर्न सकिन्छ ?
चन्द्रग्रहण सूर्यग्रहण भन्दा धेरै फराकिलो मापनमा देखिन्छ र राती पृथ्वीको कुनै पनि ठाउँमा देख्न सकिन्छ। सूर्यग्रहण हेर्न विशेष उपकरण चाहिन्छ, तर चन्द्रग्रहणको मामिलामा त्यस्तो हुँदैन। नाङ्गो आँखाले पनि चन्द्रमा देख्न सकिन्छ । यसलाई हेर्न टेलिस्कोप पनि प्रयोग गर्न सकिन्छ । नासा लगायत धेरै संस्थाहरूले यो चन्द्रग्रहणको लाइभ स्ट्रिम र त्यसपछि रेकर्ड गरिएको भिडियो प्ले गर्नेछन् जसलाईं आफ्नो सुविधा अनुसार हेर्न सकिन्छ । नेपालमा अर्को पूर्ण चन्द्रग्रहण मार्च २०२५ मा मात्र देखिनेछ। आकाश सफा भए आजको चन्द्रग्रहण देसैभर देखिने छ । शुक्रबार यो ग्रहण नेपालका अतिरिक्त एसिया, अस्ट्रेलिया, रुस, उत्तर अफ्रिका, रुस र युरोपका केही भागमा देखिनेछ । यो ग्रहण दुवै अमेरिकी महादेशमा देखिने छैन ।
सुपरमुन, ब्लुमुन र ब्लडमुन के हो ?
सुपरमुन
सुपरमुन त्यो खगोलीय घटना हो जसमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ र १४ प्रतिशत उज्यालो पनि हुन्छ । यसलाई पनि भनिन्छ । पृथ्वीको सबैभन्दा नजिकको स्थानलाई पेरीजी ९३,५६,५०० किमी० र सबैभन्दा टाढाको स्थानलाई एपोजी ९४,०६,७०० किमी० भनिन्छ ।
ब्लूमून
महिना दुईवटा जस्तो पूर्णिमा हुन्छन । महिनामा दुई पटक पूर्णिमा पर्दा दोस्रो पूर्णिमालाई ब्लू मुन भनिन्छ ।
ब्लडमुन
चन्द्रग्रहणको समयमा, चन्द्रमा पृथ्वीको छायाका कारण पृथ्वीबाट कालो देखिन्छ। कतिपय चन्द्रग्रहणका क्रममा चन्द्रमा पूर्णतया रातो देखिन्छ । यसलाई ब्लड मुन भनिन्छ ।

प्रतिक्रिया