आइतबार, जेठ ६, २०८१

आइपीएलमा को-को पुग्लान् प्लेअफमा ?

नेपालखोज २०८० वैशाख २२ गते १२:४३

काठमाडौं । आइपीएल-२०२३ अहिले रोमाञ्चक मोडमा पुगेको छ । अहिलेसम्म यसमा प्रत्येक फ्रेन्चाइजी टिमले ९ देखि १० खेल खेलिसकेका छन् । लिग चरणमा सबै टिमले १४ खेल खेल्नुपर्नेछ । अहिले हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात ३ खेल हारेर अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

आइपीएल २०२३ मा अहिलेसम्म अधिकांश टिमले ३ वा त्यस भन्दा बढी खेल हारेका छन् । यो चरणमा एउटा टिमले अधिकतम २२ अङ्क प्राप्त गर्न सक्छन् ।

आइपीएलको यो सिजनमा गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन तथा आरसीबी प्लेअफ पुग्ने प्रमुख दाबेदार देखिएका छन् भने धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स उपाधिको प्रबल दाबेदार हो ।

गुजरात टाइटन्स

डिफेन्डिङ च्याम्पियन गुजरात यो सिजनमा पनि राम्रो लयमा छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले अहिलेसम्म ९ खेल खेलेको छ र ६ मा जित निकालेको छ । गुजरात १२ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । गुजरातले अझै ५ खेल खेल्न बाँकी छ, यस्तो अवस्थामा २-३ खेल जिते उ सजिलै प्लेअफ पुग्न सक्छ ।

चेन्नई सुपर किंग्स

धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किंग्सले हालसम्म १० खेल खेलेको छ जसमा ५ जित छ । ११ अङ्कसहित चेन्नई अङ्क तालिकाको तेस्रो स्थानमा छ । चेन्नईका १–२ खेलाडी बाहेक सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यो सिजनमा चेन्नई पाँचौँ पटक उपाधि जित्ने लक्ष्यमा छ ।

मुम्बई इन्डियन्स

रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले अहिलेसम्म ९ खेल खेलेको छ जसमा ५ मा जित दर्ता गरेको छ । १० अङ्कसहित मुम्बई इन्डियन अङ्क तालिकाको छैटौँ स्थानमा छ । मुम्बई इन्डियन्सका ओपनर इशान किशन र मध्य क्रमका ब्याट्सम्यान सूर्यकुमार यादव फर्ममा छन् ।

रोयल च्यालेन्जर्स बेंगलोर

फाफ डु प्लेसिसको कप्तानीमा रहेको आरसीबीले यो सिजन खेलेका ९ मध्ये ५ खेलमा जित निकालेको छ भने यो टिम १० अङ्कसहित पाँचौँ स्थानमा छ । फाफ डुप्लेसी र विराट कोहलीको प्रदर्शन हेर्दा आरसीबी प्लेअफमा पुग्ने देखिन्छ ।

प्रतिक्रिया