सिम्रिक एअर दुर्घटनामा पाइलटसहित ४ जना घाइते
नेपालखोज
२०८० वैशाख २२ गते १४:३०

काठमाण्डौ – सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ मा भएको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ४ जना घाइते भएका छन् ।
आज दिउँसो भएको दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, हेलि टीम मेम्बर छिरिङ भोटे, माथिल्लो अरुणका कामदार विक्रम नेपाल र स्थानीय भविन गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार पाइलट पौडेल र स्थानीय गुरुङको अवस्था गम्भिर रहेकाले उपचारका लागि काठमाडौ ल्याइएको छ । अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनमा परेको हो । हेलिकप्टरमा आगो लागेको छैन ।
सम्बन्धित

प्रतिक्रिया