टिकटकमा चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ
नेपालखोज
२०८० वैशाख २२ गते १५:१७

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
व्यक्तिको छवीमा आँच पुर्याउने गरि टिकटकमा फोटो र भिडियो हाल्ने गरेको आरोपमा चितवनको राप्ती नगरपालिका ९ का २९ बर्षिय विजय लामा पक्राउ परेका हुन् ।
बैशाख २० गते पक्राउ परेका उनलाई विद्युतीय कारोबार एने २०६३ अन्तरगतको कसुरमा मुद्धा अघि बढाइएको नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।
लामालाई ५ दिनको म्याद थप गरि अनुसन्धानलाई जारी राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया