आज ‘कार्ल मार्क्स’लाई सम्झने दिन

नेपालखोज २०८० वैशाख २२ गते १५:४०

काठमाडाैं । सन् १८१८ मा कार्ल मार्क्सको जन्म जर्मनीको झापर सहरमा भएको थियो । बोन युनिभर्सिटीमा कानून पढेपछि उनी बर्लिन विश्वविद्यालय गए । त्यहाँ उनले दर्शन र इतिहास अध्ययन गरे । १८४२ मा उनले पत्रकारिता सुरु गरे। उनले एउटा समाचार पत्रमा सम्पादकका रुपमा पनि काम गरे ।

सन् १८४० मा मार्क्सले आफ्ना साथी फ्रेडरिक एंगेल्ससँग मिलेर होली फेमिली नामक पुस्तक लेखे। सन् १८४४ मा उनले कम्युनिष्ट घोषणापत्र लेखे । समाजबादको जनक मानिनिने मार्क्सले दास क्यापिटल लेखेर प्रकाशनमा ल्याए । यसको दोस्रो भाग लेख्ने क्रममा उनको निधन भयो । पछि फ्रेडरिक एंगेल्सले त्यसको दोस्रो भाग पूरा गरे ।

कार्ल मार्क्सको मृत्यु पछि रुसमा सन् १९१७ मा क्रान्ति भएको थियो । मार्क्सको विचारबाट प्रभावित भएर यो क्रान्तिका नायक लेनिनले रुसमा ३०० वर्ष पुरानो जार शासन फ्याले । त्यस पछि मार्क्सको बिचारबाट प्रभावित भएर धेरै देस कम्युनिस्ट भए ।

मार्क्सले भनेका थिए- कृषि, मेसिन, उद्योग आदि उत्पादनका सबै साधनहरूमा मालिकको पूर्ण अधिकार छ जबकि उत्पादनमा कडा परिश्रम मजदुरहरुले गर्छन् । यद्यपि उनिहरुले त्यो सम्पत्तिबाट कुनै हिस्सा पाउँदैनन् । मालिकहरु आफ्ना लागि बढि भन्दा बढि मुनाफा मात्र चाहन्छन् । बर्ग सघर्षको प्रमुख कारण यहि हो ।

प्रतिक्रिया