आइतबार, जेठ ६, २०८१

एसीसी इमर्जिङ टिम्स एसिया कप

नेपालखोज २०८० वैशाख २२ गते १५:५६

काठमाडाैं । २०२३ एसीसी इमर्जिङ टिम्स एसिया कप एसीसी इमर्जिङ टिम्स एसिया कपको पाँचौं संस्करण हुनेछ।

यो जुलाई २०२३ मा आयोजना हुने तय गरिएको छ। प्रतियोगितामा एसियाली क्रिकेट काउन्सिलका पाँच पूर्ण सदस्यहरूका ‘ए’ टिम तथा २०२३ को एसीसी पुरुष प्रिमियर कपका शीर्ष ३ टिम सहभागी हुनेछन् । जसमा हालै नेपाल, युएई र ओमान छनोट भएका छन् ।

एसीसी इमर्जिङ टिम्स एसिया कप पुरुषहरुको ए बर्गको क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता एसियाली क्रिकेट काउन्सिलद्वारा एसियाका सबैभन्दा प्रख्यात युवा क्रिकेटरहरूको प्रतिभा विकास गर्न सिर्जना गरिएको हो ।
एसीसी इमर्जिङ टिम्स एसिया कपको आयोजक एसियाली क्रिकेट काउन्सिल हो । यसको पहिलो संस्करण- २०१३ मा संचालनमा आएको थियो भने पछिल्लो संस्करण २०१९ मा सम्पन्न भएको थियो । यसको आगामी संस्करण यहि २०२३ मा संचालनमा आउँदैछ । यो प्रतियोगिता राउन्ड-रोबिन र नकआउट ढाँचामा खेलाइन्छ । यसमा सहभागी हुने देशको संख्या ८ छ।

यो कपको वर्तमान बिजेता पाकिस्तान- यु २३ हो जसले पहिलो पटक यो उाधि जितेको थियो । यो प्रतियोगितामा सबैभन्दा सफल देश श्रीलंकाको यु २३ टिम मानिन्छ जसले दुईपटक यो उपाधि चुमेको छ । यो प्रतियोगिता २०१३ मा सिंगापुर, २०१७ मा बंगलादेश, २०१८ मा पाकिस्तान र श्रीलंका तथा २०१९ मा बंगलादेशमा सम्पन्न भएको थियो । यसको बिजेतामा भारत- २०१३, श्रीलंका २०१७ तथा २०१८ अनि पाकिस्तान- २०१९ छन् ।

यसपटक यो प्रतियोगितामा नेपाल सहित युएई तथा ओमानको रास्ट्रिय टिम तथा बंगलादेश , श्रीलंका , भारत , पाकिस्तान अनि अफगानिस्तानको यु – २३ ले सहभागीता जनाउने छन ।

प्रतिक्रिया