आइतबार, जेठ ६, २०८१

ए डिभिजन लिग : फ्रेन्ड्सले जित निकाल्दा मनाङ र पुलिस बराबरीमा रोकिए

नेपालखोज २०८० वैशाख २५ गते २१:११

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा एफ सी खुमलटारलाई फ्रेन्ड्स क्लबले हराएको छ । च्यासल खेल मैदानमा सोमबार भएको खेलमा फ्रेन्डस् ३(१ गोल अन्तरले विजयी भएको हो ।

फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा गोल गर्दा सन्तोश खत्रीले ७८ औं मिनेटमा गोल गरे । खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए ।

फ्रेन्ड्स १६ खेलबाट १९ अंक सहित तालिकाको ९ औं स्थानमा उक्लिएको छ । खुमलटार १६ खेलमा १७ अंक सहित तालिकाको १३ औं स्थानमा झरेको छ ।

त्यस्तै, एन्फा कम्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब रनेपाल पुलिस क्लब बराबरी खेलेको छन् ।

मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए । पुलिसका लागि अहमद हिजाजीले १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए ।

मनाङ १६ खेलबाट २० अंक सहित सातौं स्थानमा कायमै रहेको छ । पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ ।

प्रतिक्रिया