आइतबार, जेठ ६, २०८१

एन्फाका ११ निर्णय

नेपालखोज २०८० वैशाख २६ गते ६:४९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आपतकालिन बैठकबाट विभिन्न ११ वटा निर्णय गरेकाे छ।

एन्फाको सोमबार बसेको बैठकले उपाध्यक्ष विराट जंग शाहीलाई लिग कमिटिको संयोजकको रुपामा नियुक्त गरेको छ ।

त्यस्तै एन्फाले एनआरटी क्लवका अध्यक्ष सुन्दर नरसिंह जोशी साफको उपाध्यक्षमा निर्विरोध निवाचित भएकोमा बदाई दिएको छ ।

महिला विश्वकप मिसन २०२७ को संयोजकका रुपमा अर्का उपाध्यक्ष दिपक खतिवडालाई तोकेको छ । उनी संयोजक रहेको सो महिला विश्वकप मिसनमा सरिला श्रेष्ठ मलेखु र पेमा डोल्मा लामा सदस्य रहने छन् ।

त्यस्तै आपतकालिन समितिको सदस्य रहेका विकास नाराणय श्रेष्ठको राजिनामा स्विकृत गरी उनको स्थानमा दिपक खतिवडालाई मनोनयन गरेको छ ।

प्रतिक्रिया