सोमबार, वैशाख २४, २०८१

आईपीएल- २०२३ मा चम्किए अफगान खेलाडीहरू

नेपालखोज २०८० वैशाख २६ गते १४:४४

काठमाडौं । यो केही वर्ष पुरानो कुरा हो । काबुलको एक क्रिकेट एकेडेमीमा आयोजित कार्यक्रममा रशिद खानलाई प्रमुख अतिथिका रूपमा बोलाइएको थियो । युवाहरूमाझ निकै लोकप्रिय क्रिकेटर रशिद खानलाई देखेर अफगानिस्तानका धेरै युवाहरूले क्रिकेटलाई अपनाएका छन् ।

उनीहरूमध्ये अधिकांश स्पिन बलिङमा आफ्नो हात प्रयोग गर्न चाहन्छन् । त्यो दिन रशिद खानले करिब २ सय ५० जना युवा खेलाडीले स्पिन बलिङ गरेको देखे । पछि रसिदले यो कुरा कमेन्टेटर हर्ष भोगलेलाई बताए ।

गएको शुक्रबार जब भोगलेले उनलाई फेरि सोधे कि आज अफगानिस्तानमा कति स्पिनर छन् ? रशिद खानले एकदम शान्त स्वरमा जवाफ दिए, ‘हजारजति त होलान । हामीलाई सही तथ्यांक थाहा नहुन सक्छ, तर एउटा कुरा निश्चित छ कि अफगानिस्तानका करिब आधा दर्जन खेलाडीहरू छन् जसले आईपीएलमा आफ्नो छाप छोडेका छन् र विश्वभरका क्रिकेट लिगहरूले उनीहरूलाई आफू कहाँ खेल्न आमन्त्रित गर्ने प्रयास गरिरहेका छन् ।’

रशिद खान, मोहम्मद नाबी, मुजीब उर रहमान, नूर अहमद, रहमानउल्लाह गुरबाज तगा नवीन उल हक अफगान क्रिकेटलाई विश्वव्यापी मान्यता प्रदान गर्ने केही नाम हुन्। यीनिहरु मध्ये रशिद, नूर, गुरबाज र नवीन यो वर्षको आईपीएलमा विभिन्न टिमबाट खेलिरहेका छन् । यी मध्ये चार अफगान खेलाडी उत्कृष्ट स्पिन बलिङका लागि परिचित छन् । रशिद खान विगत १० वर्षदेखि टी–२० का नम्बर एक स्पिनर हुन् । १८ वर्षीय नूर अहमदले पनि यो सिजन गुजरात टाईटन्समा आफ्नो स्थान पक्का गरेका छन् ।

राजस्थानविरुद्धको खेलमा रशिद खानले तीन विकेट लिए भने नूर अहमदले दुई विकेट लिए । आकाश चोपडाले खेलको बीचमा प्रश्न उठाए कि काबुलमा यस्तो विशेष के भैरहेको छ कि एक पछि अर्को गुणस्तरीय स्पिनरहरू बाहिर आउँदैछन्। यी स्पिनरहरू एक हिसाबले रहस्यमय स्पिनर हुन् जसको आर्म एक्शन निकै फास्ट छ र ब्याट्सम्यानहरूले त्यसलाई पढ्न सक्दैनन् ।

अनिल कुम्बले भन्छन् – रशिद खानले यो सम्पूर्ण पिढिंलाई प्रोत्साहित गरेका छन । उनलाई देखेर अरु युवाहरु पनि उनीहरुजस्तै बन्न चाहन्छन् र यही कारण अफगानिस्तानमा स्पिन क्रान्ति आएको हो । प्रज्ञान ओझाले रोचक विश्लेषण गरेका छन् । उनी भन्छन् – जब कुनै युवा स्पिनर प्रशिक्षित प्रशिक्षककहाँ जान्छ तब कोचले आफ्नो कार्यमा केही परिवर्तन गर्छ ।

तर अफगानिस्तान र श्रीलंका जस्ता देशमा कोचिङ सिस्टम त्यति बलियो नभएकाले त्यहाँका युवा बलरले जुन एक्सन विकास गर्छ र त्यससँगै अन्तर्राष्ट्रिय क्रिकेटमा आउँछ र रहस्यमय स्पिनर बन्न पुग्छ । स्पष्ट कुरा के हो भने यसको कुनै खास कारण छैन। कारणहरूको मिश्रणले युवा अफगान स्पिनरहरूलाई आकार दिएको छ।

आईपीएल र अन्य ठूला टी–२० लिगमा सबैभन्दा बढी खेलाडीको माग रहेको देश वेस्ट इन्डिज हो । यसको पहिलो कारण हो- त्यहाँका क्रिकेटरहरूले एकदमै प्राकृतिक रूपमा प्राकृतिक क्रिकेट खेल्छन् । दोस्रो- त्यहाँका खेलाडीहरू राष्ट्रिय टिम छाडेर टी–२० लिग खेल्न हिचकिचाउँदैनन् । यो वर्षको आइपिएलमा वेस्ट इन्डिजका खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने काइल मेयर्स र निकोलस पूरन बाहेक कसैले पनि खासै प्रभाव पार्न सकेका छैनन् ।

आईपीएलका दिग्गज खेलाडी गेल, पोलार्ड र ब्राभोले सन्यास लिएका छन् भने आन्द्रे रसेलको ब्याट यो सिजन प्रायः मौन जस्तै देखिएको छ । अल्जारी जोसेफ, सुनिल नारायण, रोभम्यान पावेल जस्ता खेलाडीले पनि खास केही गर्न सकेका छैनन् ।

अफगानिस्तानका खेलाडीसँग तुलना गर्दा कोलकाताका लागि रहमानउल्लाह गुरबाजले दुई उत्कृष्ट इनिङ्स खेलेका छन्, लखनउको टिममा नवीन उल हकले आफ्नो किफायती बलिङले महत्वपूर्ण भूमिका खेलेका छन् भने गुजरातका लागि राशिद खान र नूर अहमदले १५ तथा ८ विकेट लिएका छन् ।

अफगानिस्तानका खेलाडीको अर्को विशेषता भनेको थोरै पैसामा किनिनु पनि हो । यो सिजनमा रशिद खानलाई गुजरातले २.४० करोडमा किनेको छ । उनले क्यामरुन ग्रीन भन्दा राम्रो प्रदर्शन गरिरहेका छन्, साम करण वा ह्यारी ब्रुक २४ करोड भन्दा बढीमा बिकेका छन जसको टिममा उनी दश गुणा कम पैसामा सामेल छन् ।

यता गुरबाज, फारुकी, नवीन उल हक मात्र ५० लाखमा टिममा सामेल भएका छन् । नूर अहमद गत सिजन बेन्चमा थिए यो सिजनमा उनले पाँच खेल खेलिसकेका छन् र प्लेइङ – ११ मा पक्का भएका छन् । उनको मूल्य ४८ लाख मात्र हो । अफगानिस्तानका खेलाडीहरू कम पैसामा धेरै फाइदा दिँदै आइपिएलमा सबै टिमको फेवरेट बनेका छन् र छिट्टै उनिहरुले आइपिएलमा वेस्ट इन्डिजका खेलाडीको ठाउँ लिन सक्छन् ।

रशिद खान
जब रशिद खान क्रिकेट खेल्दैनथे तब उनको मनपर्ने खेल स्लिङसटले शूट गर्नु थियो। जब उनी क्रिकेटमा आए कुनै पनि प्रशिक्षकको सहयोग बिना नै उनले आफ्नो बलिङ एक्सन बनाए, जुन निशानामा गुलेल जस्तै तीखो र सटीक साबित भयो। टी–२० क्रिकेटमा राशिद खानले अहिलेसम्म ३ सय ८९ खेल खेलेका छन् र १८ को औसतमा ५ सय २८ विकेट लिएका छन् । योसँगै उनले आईपीएलमा १ सय १ खेलमा २०.८ को औसतमा १ सय २७ विकेट लिएका छन् । बलिङका साथसाथै उनी उत्कृष्ट फिल्डर पनि हुन् जसले बिरलै क्याच छुटाउँछन् र तल्लो क्रममा रहेर तिब्र गतिमा रन बनाउन सक्छन् ।

नूर अहमद
१८ वर्षीय नूर अहमदले ५६ टी-२० खेलमा २६.३ को औसतमा ५६ विकेट लिएका छन् । योसँगै उनले आईपीएलका ६ खेलमा १० विकेट लिएका छन् । अन्डर-१९ क्रिकेटमा उनले भारतविरुद्ध चार विकेट लिएका छन् जसमा कप्तान तिलक वर्मा र ध्रुव जुरेलको विकेट पनि छ । नूर अहमद २०१८ मा अफगानिस्तान क्रिकेट बोर्डको नजरमा आएका थिए । सन् २०१९ मा मात्र १४ वर्षको उमेरमा उनी आईपीएलको लिलामीमा आए तर उनलाई कसैले किनेनन् । सोही वर्ष अन्डर-१९ क्रिकेटमा उनले भारतविरुद्ध चार विकेट लिएका थिए जसमा कप्तान तिलक वर्मा र ध्रुव जुरेलको विकेट समावेश थियो। १६ वर्षको उमेरमा उनले अष्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्नबाट खेल्ने मौका पाए जहाँ उनले लियाम लिभिङ्स्टनको विकेट लिए।

रहमान उल्लाह गुरबाज
विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजसँग केही यस्ता कीर्तिमान छन् जसले उनमा कति प्रतिभा छ भन्ने देखाउँछ । उनी एकदिवसीय शृंखलामा विकेटकिपरले सर्वाधिक रन (५८२) बनाउने सूचीमा १० औं स्थानमा छन् । उनले आफ्नो एकदिवसीय डेब्यु खेलमा शतक (१ सय २७ रन) बनाएका थिए । एकदिवसीय शृङ्खलामा तीन शतक प्रहार गर्नेमा उनी छैटौं नम्बरमा छन् । २०१९ मा डेब्यू गरेका गुरबाजले अहिलेसम्म १५ ओडिआईमा ५ सय ८२ रन बनाएका छन् ।योसँगै उनले ४१ टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १९ रन बनाएका छन् । उनले आईपीएलका सात खेलमा २६ को औसतमा १ सय ८३ रन बनाएका छन् । आईपीएलको यो सिजनमा उनले कोलकाताका लागि दुई अर्धशतक बनाए, जसमा उनको उच्चतम स्कोर ८१ थियो ।

नवीन उल हक
सेप्टेम्बर १९९९ मा काबुलमा जन्मिएका नवीन उल हक अफगानिस्तानका फास्ट बलर हुन् । उनी इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सबाट खेलिरहेका छन् । नवीनले लंका प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिगलगायत विश्वका अन्य धेरै लिगहरू खेलेका छन् । नवीनले अहिलेसम्म सात ओडीआई खेलेका छन् जसमा उनले १४ विकेट लिएका छन् । उनले अहिलेसम्म २७ अन्तर्राष्ट्रिय टी-२० खेल खेलेका छन् भने ३४ विकेट लिएका छन् ।

यी सबै खेलाडीहरू अझै जवान छन् र उनीहरूबाट धेरै वर्षसम्म राम्रो खेलको आशा गर्न सकिन्छ र यदि रशिद खानको ‘एक हजार’ नम्बर कतै हिट भयो भने विश्वभरका लिगहरूमा अफगानिस्तानका खेलाडीहरूको बाढी आउनेछ।

प्रतिक्रिया