शुक्रबार, वैशाख १४, २०८१

२०२२ का यी चलचित्र छुटाउनु भयो कि ?

नेपालखोज २०८० वैशाख २७ गते १६:५७

काठमाडाैं । सन् २०२२ बलिउडको हिसाबले राम्रो रहेन, तर गत वर्ष धेरै फिल्म रिलिज भए, जसको राम्रो समीक्षा भयो । यसलाई समीक्षक र जनताले प्रशंसा गरेका छन् । आईएमडीबीले तिनलाई ७ वा सोभन्दा बढी रेटिङ दिएको छ । यी चलचित्र एक पटक हेर्न‌ैपर्ने खालका छन् ।

२०२२ मा रिलिज भएका १० उत्कृष्ट चलचित्र :

आर माधवनको फिल्म ‘रकेटरी: द नाम्बी इफेक्ट’ Voot मा उपलब्ध छ, जसलाई आइएमडिबि ( IMDb ) द्वारा ८.९ रेटिङ गरिएको छ। यो फिल्म इसरोका वैज्ञानिक नाम्बी नारायणनको जीवनमा आधारित छ ।

अनुपम खेर अभिनित फिल्म ‘द कश्मीर फाइल्स’ लाई आईएमडीबीले ८.३ रेटिङ दिएको छ । यो चलचित्र जी फाइभमा हेर्न सकिन्छ।

जी फाइभमा मा विद्युत जामवालको फिल्म ‘खुदा हाफिज: च्याप्टर टु – अग्नि परीक्षा’ पनि हेर्न सकिन्छ । यो चलचित्रलाइ आईएमडीबीले ७.७ रेटिङ दिएको छ ।

यामी गौतमले फिल्म ‘ए थर्टि डे’मा उत्कृष्ट अभिनय गरेकी छिन् । यो फिल्म डिज्नी प्लस हटस्टारमा उपलब्ध छ, जसलाई आईएमडीबीले ७.७ रेटिङ दिएको छ। फिल्मको कथा १६ जना बालबालिकालाई बन्धक बनाउने एक विद्यालय शिक्षिकाको वरिपरि केन्द्रीत छ ।

स्वर्गीय अभिनेता ऋषि कपूर अन्तिम पटक अमेजन प्राइम भिडियोमा उपलब्ध ‘शर्माजी नमकीन’ मा देखिएका थिए। आईएमडीबीले यो चलचित्रलाई ७.६ रेटिङ दिएको छ ।

आईएमडीबीले सञ्जय दत्त स्टारर फिल्म ‘तुलसीदास जुनियर’ लाई ७.४ रेटिङ दिएको छ जुन नेटफ्लिक्समा उपलब्ध छ । अमिताभ बच्चनको फिल्म ‘झुण्ड’ लाई आईएमडीबीले ७.४ रेटिङ दिएको छ । यो चलचित्र जी फाइभमा हेर्न सकिन्छ ।

शाहिद कपूरको फिल्म ‘जर्सी’ले ७.३ रेटिङ पाएको छ । यो चलचित्र नेटफ्लिक्समा उपलब्ध छ । अजय देवगन र अमिताभ बच्चन स्टारर ‘रनवे ३४’ लाई आईएमडीबीले ७.१ रेटिङ दिएको छ ।

यदि तपाईंले आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ हेर्नु भएको छैन भने नेटफ्लिक्समा हेर्न सक्नुहुन्छ। आईएमडीबीले यो फिल्मलाई ७ रेटिङ दिएको छ ।

प्रतिक्रिया