आइतबार, जेठ ६, २०८१

कोलकाता पराजित, राजस्थान ९ विकेटले विजयी

नेपालखोज २०८० वैशाख २९ गते ५:१६

काठमाडौं । इन्डियन प्रिमियर लिगको ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको आधारमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफमा जैसवालले ४७ बलमा ९८ रनको नटआउट इनिङ खेल्दै आरआरलाई १३.१ ओभरमा जित दिलाए।

कोलकाता नाइट राइडर्सले दिएको लक्ष्य विरुद्ध राजस्थान रोयल्सका ओपनर यशस्वी जैसवालले बिस्फोटक ब्याटिङ सुरु गरे र पहिलो ओभरमै २६ रन बनाए । यद्यपि अर्को ओभरमा समन्वयको कमीका कारण जोस बटलर शून्य रनमा आउट भए ।

यता यशस्वीको धुवाँधार ब्याटिङ जारी रह्यो र उनले १३ बलमा अर्धशतक बनाए । यो आईपीएलको सबैभन्दा तिब्र अर्धशतक हो ।

अहिलेसम्म यो कीर्तिमान केएल राहुलको नाममा थियो, उनले १४ बलमा अर्धशतक बनाएका थिए ।

खेलअघिको अंक तालिकामा कोलकाता ११ मध्ये ५ खेल जितेर छैटौं स्थानमा थियो भने राजस्थान पनि ११ खेलमध्ये ५ खेल जितेर पाँचौं स्थानमा थियो ।

प्रतिक्रिया