बिहीबार, वैशाख १३, २०८१

टाइम म्यागजिनको कभरमा ६ बलिउड स्टार

नेपालखोज २०८० वैशाख २९ गते १६:१६

काठमाडाैं । दीपिका पादुकोण टाइम म्यागजिनको कभरमा देखिने छैटौं भारतीय सेलिब्रेटी भएकी छिन् । यसअघि परवीन बाबी, ऐश्वर्या राय, प्रियंका चोपडा, आमिर खान तथा शाहरुख खानले टाइम म्यागजिनको कभरमा स्थान बनाएका थिए ।

टाइम म्यागजिनले कभरमा दीपिकाको तस्बिरसहित लेखेको छ- दीपिका पादुकोण ग्लोबल स्टार हुन् जसले सारा संसारलाई बलिउडमा ल्याएकी छिन् ।

यसअघि २०१८ मा सोही पत्रिकाले दीपिकालाई १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि समावेश गरेको थियो । यसअघि सन् २०१८ मा म्यागजिनले दीपिकालाई १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि समावेश गरेको थियो ।

यी बलिउड स्टार टाइम म्यागजिनको कभरमा देखा परे ।
परवीन बाबी – १९७६
ऐश्वर्या राई – २००३
शाहरुख खान – २००४
आमिर खान – २०१२
प्रियंका चोपडा – २०१६
दीपिका पादुकोण – २०२३ ।

प्रतिक्रिया