बिहीबार, वैशाख १३, २०८१

अब गुगलमा ‘इमर्सिभ भ्यु’ फिचर

नेपालखोज २०८० वैशाख २९ गते १७:४६

काठमाडाैं । गुगलले आफ्नो सबैभन्दा ठूलो विकास गुगल नक्साको नयाँ सुविधा ‘इमर्सिभ भ्यू’ (Immersive View ) सुरु गरेको छ ।

यो सुविधाको सहायताले प्रयोगकर्ताले घरमै बसेर एक ठाउँबाट अर्को ठाउँ जाने विभिन्न रुट हेर्न सक्नेछन् । यसका साथै उक्त रुटको हावाको गुणस्तर, वास्तविक समयको मौसम अपडेट तथा ट्राफिक अवस्थाका बारेमा समेत जानकारी लिन सकिनेछ ।यस बाहेक प्रयोगकर्ताहरूले कतै जानु अघि त्यस ठाउँको (विश्वको जुनसुकै ठाउँको) प्रत्यक्ष दृश्य हेर्न सक्नेछन्।

इमर्सिभ भ्यू सुविधाले मानिसहरूको यात्रालाई थप सजिलो बनाउँनेछ। अल्फाबेटका सीईओ सुन्दर पिचाईले गुगल म्याप्सले मानिसहरुलाई हरेक दिन २० अर्ब किलोमिटरभन्दा बढी दिशा निर्देशन दिने बताएका छन । अब नयाँ इमर्सिभ भ्यू सुविधाले मानिसहरूको यस्तो यात्रा निकै सहज हुनेछ । चाहे तपाईं हिड्दै हुनुहुन्छ, साइकल चलाउनुहुन्छ वा सवारी, इमर्सिभ भ्यू फिचरले तीनवटै प्लेटफर्म आइओएस, एन्ड्रोइड र गुगल नक्सामा काम गर्नेछ।

संसारका १५ सहरमा यो सेवा

यो वर्षको अन्त्यसम्ममा संसारका १५ सहरमा यो सेवा सुरु हुनेछ । पिचाईले यो सेवा यहि गर्मी सिजनमा सुरु गर्ने र वर्षको अन्त्यसम्ममा १५ सहरमा पुर्याउने बताए । ती शहरहरूमा न्यूयोर्क, लन्डन, पेरिस, फ्लोरेन्स, एम्स्टर्डम, सान फ्रान्सिस्को, भेनिस, सियाटल, टोकियो, सान जोस, लस भेगास, बर्लिन, लस एन्जलस, डब्लिन तथा मियामी छन् ।

इमर्सिव भ्यु के हो ?

गुगल नक्साको इमर्सिभ दृश्यले विश्वको डिजिटल प्रस्तुतिमा अरबौं सडकको दृश्य र हवाई छविहरू लाई कम्प्युटर र एआई सँग संयोजन गर्दछ । मार्गहरूका लागि इमर्सिभ दृश्यले कुनै पनि यात्रा सुरु गर्नु अघि आफुले मार्ग हेर्नचाहेको तरिकाले काम गर्दछ। इमर्सिभ भ्युले हामिलाई आफ्नो मार्गका बारेमा एकैचोटि आवश्यक पर्ने सबै जानकारी दिन्छ।

यसले बहु-आयामीक अनुभव प्रदान गर्न विभिन्न विकल्पहरू दिन्छ, जस्तै बाइक लेन , फुटपाथ , चौरबाटाहरू तथा पार्किङ स्थलहरू सम्बन्धि जानकारी।

प्रतिक्रिया