आइतबार, जेठ ६, २०८१

ब्वाइज क्लब काठमाडौं सेमिफाइनलमा

नेपालखोज २०८० वैशाख २९ गते २२:३३

धनकुटा । प्लानिङ्ग ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको अन्तरले पराजीत गरेको हो ।

क्लबको जितका लागि खेलको २२औँ मिनेटमा ब्वाइजका विदेशी खेलाडी बेबोस साक्वएसले खेलको २२औँ मिनेटमा शुरुआती गोल गरेका थिए ।

त्यसपछि खेलको ३० मिनेटमा फागुराम थारुले टोलीका लागि दोस्रो गोल र खेलको दोस्रो हाफ को ५७औँ मिनेटमा क्लबका राजेश शाहले तेस्रो गोल गरेका थिए ।

त्यसपछि ८८ मिनेट र अतिरिक्त थपिएको समयमा समिर थापाले काडमाडौँका लागि दुई गोल गरेका थिए । सिलिगुडी क्लबका लागि एक मात्र गोल खेलको ६६औँ मिनेटमा सोनाम लेप्चाले गरेका थिए ।

भोलि शनिबार हुने खेलमा एपिएफ क्लब काठमाडौँ र वीरगञ्जकै युनाइटेडबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया