बुधबार, वैशाख १२, २०८१

मोदी इर्नर्जीको सेयर बाँडफाँड कार्य सम्पन्न

नेपालखोज २०८० वैशाख ३१ गते १३:२७

काठमाडौं । मोदी ईनर्जी लिमिटेडको सेयर बाँडफाँड कार्य सम्पन्न भएको छ ।

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित मोदी ईनर्जी लिमिटेडको एक सय रुपैंयाँ अंकित मुल्य कायम रहेको ५५ लाख ५९ हजार चार सय २० कित्तँ सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला भएको थियो ।

यही बैशाख १९ गते बैशाख २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गर्दा कर्मचारीहरुको बाँकि बचेको ५२ हजार आठ सय ४० कित्ता सहित जम्मा ५६ लाख १२ हजार दुई सय ६० कित्ता शेयरको लागि रितपूर्वक आवेदन दिएका १२ लाख २९ हजार सात सय ४१ जना आवेदकहरुलाई एउटै समुहमा राखि पाँच लाख ६१ हजार दुई सय २६ जनालाई १० कित्ताका दरले ५६ लाख १२ हजार दुई सय ६० कित्ता शेयर निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेडमा आइतबार बाँडफाँड कार्य सम्पन्न गरिएको कम्पनीको भनाई छ ।

प्रतिक्रिया