आइतबार, जेठ ६, २०८१

एनआरटी र फ्रेन्ड्सले अंक बाँडे

नेपालखोज २०८० वैशाख ३१ गते १९:१३

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब बराबरी खेलेका छन् ।

एन्फा मैदान सातदोबाटोमा आज भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसंगै एनआरटी २२ अंकका साथ तालिकाको आठौ स्थानमा छ भने फ्रेन्ड्स २० अंकका साथ तालिकाको ११ औं स्थानमा छ ।

प्रतिक्रिया