मंगलबार, वैशाख ४, २०८१

रोकिएन नेप्सेको उच्च गिरावट

नेपालखोज २०८० जेठ १ गते १५:३७

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन झण्डै १७ अंकले घटेको नेप्से आज पुन तीन दशमलव ३४ अंकले घटेर १८ सय १८ दशमलव ३१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५७ अंकले घटेर तीन सय ४९ दशमलव एक अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरुको २० हजार एक सय ५८ वटा कारोबारमा २३ लाख ४१ हजार दुई सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ७२ करोड ४९ लाख ६९ हजार नौं सय ८० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ७० अंकले घटेर १२ सय एक दशमलव ८० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव ३४ अंकले घटेर २२ सय ३३ दशमलव ६७ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ४७ अंकले घटेर नौं हजार एक सय ८९ दशमलव ७५ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ५१ दशमलव ७७ अंकले घटेर आठ हजार तीन सय ६० दशमलव ३८ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने १० दशमलव ५५ अंकले बढेर तीन हजार तीन सय ६३ दशमलव ८१ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि एक दशमलव ११ अंकले बढेर १५ सय १२ दशमलव ८५ अंकमा चढेको छ । यसैगरी उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि क्रमशः २२ दशमलव ७० र १० दशमलव ८० अंकले बढेका छन् ।

नेप्सेमा आज एनआईबिएल ग्रोथ फण्डको प्रतियुनिट सेयर मुल्य नौं दशमलव ८८ प्रतिशतले बढेर आठ रुपैंयाँ ३४ पैसामा प्रतियुनिट सेयर कारोबार भएकोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ४५ प्रतिशतले घटेर चार सय ३७ रुपैंयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

एनआईसी एशिया बैंकको भने आज प्रतिकित्ता छ सय ९४ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा तीन करोड चार लाख ६७ हजार चार सय ६९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया