शनिबार, वैशाख २२, २०८१

मेयर हर्क साम्पाङले प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएको भन्दै धरानका पत्रकार आन्दोलनमा

नेपालखोज २०८० जेठ १ गते १८:०८

काठमाडाैं । सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

साम्पाङले सामाजिक सन्जालमा पत्रकार तथा सन्चारकर्मीमाथि प्रयोग गरेका अमर्यादित भाषा र दुर्व्यवहारपूर्ण अभिव्यक्तिका कारण नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

पत्रकारहरुले ‘स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ’, ‘प्रेस स्वतन्त्रतालाई सम्मान गर’, ‘तिमी शासक कि जनप्रतिनिधि ?’ ‘हामी यसको जवाफ पाउँछौँ कि ?’ ‘प्रेस स्वतन्त्रताको रक्षा गर’लगायतका नारासहितको प्लेकार्ड प्रदर्शन गरे।

जुलुशमा धरानका राजनीतिक दल, अधिकारकर्र्मी र नागरिक समाजका प्रतिनिधिले समेत ऐक्यबद्धता जनाएका छन्।

प्रतिक्रिया