शनिबार, वैशाख २२, २०८१

महिलालाई अश्लील तस्विरहरू पठाई हैरानी तथा चरित्रहत्या गर्ने व्यक्ती पक्राउ

नेपालखोज २०८० जेठ १ गते १७:४९

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत महिलालाई अश्लील तस्बिरहरू पठाई हैरानी तथा चरित्रहत्या गर्ने व्यक्ती पक्राउ परेको छ ।

महिलाहरूलाई बैङ्कहरू मार्फत ऋण मिलाई दिन्छु भनी भेटघाट गरी विभिन्न प्रलोभन देखाई हैरानी तथा चरित्रहत्या गर्ने स्याङ्जा पुतली बजार नगरपालिका वडा नं. ३ घर भई काठमाडौंको ठमेलमा बस्दै आएका वर्ष ४८ को नन्दलाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितलाई मन पराउने र माया गर्ने भनी विश्वासमा पारी सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिची भिडियो समेत रेकर्ड गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । पीडकले अश्लील तस्बिर तथा भिडियो देखाई पटक-पटक भेट्न बोलाएको तर नमानेपछि सामाजिक सञ्जालमार्फत आफन्त तथा साथी भाइलाई अश्लील तस्बिर पठाएर चरित्र हत्या गरेको भन्दै पीडितले उजुरी दिएका थिए ।

पक्राउ परेका शर्मालाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको छ । उनलाई आज पोखराबाट पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया