आइतबार, जेठ ६, २०८१

हिमालयन र संकटाले अंक बाँडे

नेपालखोज २०८० जेठ १ गते १८:१३

काठमाडाैं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र संकटा क्लबले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टिमले दोस्रो हाफमा एक एक गोल गरेपछि अंक बाँड्न पुगेका हुन् ।हिमालयन शेर्पा २२ अंकका साथ तालिकाको दशौं स्थानमा रहँदा संकटा क्लब २१ अंकका साथ तालिकाको १२औं स्थानमा छ ।

प्रतिक्रिया