बुधबार, जेठ २, २०८१

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

नेपालखोज २०८० जेठ २ गते २१:०६

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड लिगको शीर्ष स्थानमा उक्लेको छ ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटोलाई १–० ले हरायो । चर्च ब्वाइजका लागि सुवास गुरुङले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा गोल गरेका थिए ।

जितपछि जावालखेल युथ क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान उक्लेको चर्च ब्वाइजले १८ खेलबाट ३३ अंक जोडेको छ र उपाधि होडमा अघि आएको छ ।

समान खेलबाट जावलाखेलको ३१ अंक छ । दुवैले समान ९ खेलमा जित हात पारेका छन् ।

प्रतिक्रिया