शनिबार, जेठ ५, २०८१

मनसुनजन्य विपद् उद्धारको तयारीमा रहन महानिरीक्षकको निर्देशन

नेपालखोज २०८० जेठ ३ गते ६:३०

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् ।

मनसुनका बारेमा पूर्वजानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उनले जति धेरै पूर्वतयारी गर्न सक्यौँ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार गर्न सकिने बताए।

मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्वतयारीका साथसाथै शारीरिक र मानसिक रुपमा तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए ।

यसअघि उनले सोमबार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरीक्षण भ्रमण गरेका थिए । सो क्रममा पनि उनले विपद् व्यवस्थापनको आवश्यक तयारीमा बस्न बताएका थिए ।

विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई उत्तिनै ध्यान दिएर भूगोल र प्रकोपअनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढङ्गले लाग्नसमेत शिक्षालयलाई उनले निर्देशन दिए ।

प्रतिक्रिया