शनिबार, जेठ ५, २०८१

कामीरिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

नेपालखोज २०८० जेठ ३ गते १०:३७

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको २७औँ पटक आरोहण गरी किर्तिमानी आरोही कामीरिता शेर्पाले आज आफ्नै कीर्तिमान तोडेका छन् ।

५३ वर्षीया कामीरिताले आज बिहान ८ः३० बजे सगरमाथाको २७औँ सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । सगरमाथामा सबैभन्दा सफल आरोहणको विश्व कीर्तिमान कामीरिताले बनाएकी छन् ।

यसअघि पासाङ दावा शेर्पाले २६ पटक सगरमाथा आरोहणको कीर्तिमान बराबर गरिसकेका छन् । सेभेन समिट ट्रेक्स प्रालिमा सिनियर क्लाइम्बिङ गाइडका रुपमा कार्यरत कामीरिताले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।

२०२३ मा उनले २७ पटक, केटु र ल्होत्से एक पटक, मनास्लु तीन पटक र चो ओयु आठ पटक आरोहण गरेका छन् । त्यस्तै कामीरिता शेर्पाको नाममा ‘सबैभन्दा बढी ८ हजार मिटर आरोहण’ को कीर्तिमान छ ।

प्रतिक्रिया