शनिबार, जेठ ५, २०८१

डिजेलकाे मूल्य घटेपछि लामो दुरीको गाडी भाडा समायाेजन

नेपालखोज २०८० जेठ ३ गते १०:४८

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले यात्रु बाहक र माल बाहक गाडीको नयाँ भाडा दर सार्वजनिक गरेको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रु बाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने माल बाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने माल बाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सबैभन्दा लामो रुट  काठमाडौं-अत्तरिया-मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडा दर कायम भएको छ ।

यस्तै, काठमाडौं-अत्तरिया(चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं-धनगढी-साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं-अत्तरिया-सिलगढीको २४०८,  काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ ।

त्यसै गरी महेन्द्रनगर-काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत-धरानको २४४२ रुपैयाँ र काठमाडौं-जनकपुर ९०३, भाडा रहेको छ । समायोजनपछिको अन्तर प्रदेशको नयाँ गाडी भाडा यस्तो छ ।

प्रतिक्रिया