बिहीबार, जेठ ३, २०८१

कृष्णमोहन स्मृति खुला व्याडमिन्टन प्रतियोगीताको १६औँ संस्करण जेठ २१ देखि हुने

नेपालखोज २०८० जेठ ३ गते १५:११

काठमाडौं । १६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला व्याडमिन्टन प्रतियोगीता यहि जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । बुधबार नेपाल एपीएफ क्लब, हलचोकमा आयोजित पत्रकार सम्मेलनमा व्याटमिन्टन १० विधामा प्रतिस्पर्धा गराइने जानकारी दिइएको छ ।

प्रतियोगीतामा पुरुष/महिला एकल, पुरुष/महिला युगल, मिक्स डबल्स, १२ वर्ष मुनि केटा एकल, १९ वर्ष मुनि केटा एकल, भेट्रान्स युगल ४५ वर्ष माथि र ५५ वर्ष माथि र अन्तर सरकारी सेवा ३५ वर्ष माथि युगल विधामा प्रतिस्पर्धा गराइने शसस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

पुरुष/महिला एकलमा प्रथम पुरस्कार ७०/७० हजार घोषणा गरेको एपिएफले १० विधाका शीर्ष तीन विजेतालाई ८ लाख ६५ हजार पुरस्कार प्रदान गर्नेछ । प्रतियोगीतामा नेपाल व्याडमिन्टन संघले प्राविधिक सहयोगको जिम्मा लिएको छ भने बागमती प्रदेश, योनेक्स सनराइज नेपाल, एपीएफ मेक्बर्स सोसाइटी लगायतले समन्वय र सहकार्य गरेको छ ।

प्रतियोगीताको मार्केटिङ र मिडिया डिष्टिव्यूसन फर्मूला प्लस क्रियटिभ एण्ड एड्स मिडिया प्रा.लि.ले गरेको छ । खेलको कान्तिपुर टेलिभिजन र नेपाल खोजबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

२०६० सालबाट सुरु भएको कृष्णमोहन स्मृति खुला व्याडमिन्टन प्रतियोगीता २०६२/६३ को जनआन्दोलन भएको वर्ष अवरुद्ध भएको थियो । त्यस यता २०७५ सालसम्म निरन्तर आयोजना हुँदै आएको व्याडमिन्टन कोरोना कहरपछि यो पटक आयोजना हुँदैछ ।

एपिएफ क्लबले २३ वटा विधामा प्रतियोगीता सञ्चालन गर्दै आएको छ । यसैबीच, १२औँ सहवीर स्मृति खुला राष्ट्रिय लन टेनिस प्रतियोगीता आगामी भदौ अन्तिममा सञ्चालन गरिने समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया