बुधबार, जेठ २, २०८१

पुरुष साफ च्याम्पियनसिप : नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने

नेपालखोज २०८० जेठ ३ गते १६:०६

काठमाडौं । पुरुष साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । जस अनुसार उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका छन्  ।

असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया