शनिबार, जेठ ५, २०८१

किन नौ दिनदेखि अनसनमा छिन् बिनु यादव ?

नेपालखोज २०८० जेठ ४ गते ११:२७

काठमाडौं । बिनु यादव बितेका नौ दिनदेखि माइतीघर मण्डलामा अनसनमा छिन भने उनको मागका बारेमा सरकारले अझै सम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रहरीले पाल टाँग्न नदिए पछि खुल्ला आकासमा न्यायको माग गर्दै आएकी यादव न्याय नलिई यहाँबाट नउठ्ने कुरा बताउँछिन् । हावाहुरीसँगै भीषण वर्षा भएपछि नजिकैको रेस्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको उनले बताइन् ।

गत २७ वैशाख देखी अनसनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत तथा काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरी बुझबुझारथ गरे पनि माग सम्बोधनका बारेमा कुनै खबर नपाएको उनको भनाइ छ ।

२०७५ सालमा आफू माथि जर्बजस्ती करणी भएको र त्यसको उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की माथि कारबाही गर्नुपर्ने, आफ्नो इच्छा विपरीत सबन्धबिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओली माथि कारबाही हुनुपर्ने, आफू माथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिले बलात्कार अनि विवाह गरेर सबन्ध विच्छेद गर्न बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्ने जस्ता ५ बुदें माग राखेर उनी माइतीघर मण्डलामा अनसनरत छिन् ।

प्रतिक्रिया