आइतबार, वैशाख २३, २०८१

कर्णालीमा विपद्का घटनामा परि चालु आवमा ६५ जनाको मृत्यु

नेपालखोज २०८० जेठ ५ गते ५:४८

कर्णाली । कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने एक सय १० घाइते भएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कानुसार चालु आवको नौ महिनामा विपद्का घटनामा परी प्रदेशभर ६५ जनाको मृत्यु भएको हो ।

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति हुने गरेको मन्त्रालयको तथाङ्कमा उल्लेख छ । वर्षाका कारण एक हजार छ सय ३५ भन्दा धेरै घटना भएका छन् भने पहिरोका कारण ४८ वटा घटना भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण ३८ जनाको मृत्यु भएको छ भने आगलागीबाट सात जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवमा हालसम्म ८६ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

त्यसैगरी चट्याङका ३३ वटा घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका तथ्यांकमा जनाइएको छ ।

प्रतिक्रिया