मंगलबार, जेठ १, २०८१

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

नेपालखोज २०८० जेठ ५ गते ८:४७

काठमाडाैं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १९औं चरण अन्र्तगत आज पनि ३ वटा खेल हुने भएका छन् । एन्फा मैदान सातदोबाटोमा एउटा खेल हुँदा बाँकी २ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । हिमालयन र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतिक्रिया