बिहीबार, वैशाख १३, २०८१

सातामा चार अर्ब ५९ करोडको सेयर किनबेच

नेपालखोज २०८० जेठ ५ गते १२:३१

काठमाडौं । यो साता नेप्से १८ सय ७७ दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५८ दशमलव १८ अंकमा पुगेको छ ।

सातामा दुुई सय ६९ वटा कम्पनीहरुको एक लाख १९ हजार नौं सय ८९ पटकको कारोबारमा एक करोड ४१ लाख ९३ हजार एक सय ८८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम चार अर्ब ५९ करोड ८० लाख ४० हजार आठ सय तीन पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ७० वटा कम्पनीहरुको एक लाख एक हजार सात सय १९ पटकको कारोबारमा एक करोड १७ लाख ११ हजार आठ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ३७ करोड ५० लाख ५४ हजार चार सय १३ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेकोमा पहिलो र दोस्र्रो दिन घटेर बाँकी दिनहरुमा भने लगातार बढेको थियो ।

जसमध्ये पहिलो दिन १६ दशमलव ९६ अंकले घटेर १८ सय २१ दशमलव ६४ अंकमा सिमित भएको नेप्से अन्तिम दिन ३२ दशमलव ३० अंकले बढेर १८ सय ७७ दशमलव ३२ अंकमा चढ्न पुगेको थियो ।

यसैगरी पहिलो दिन तीन दशमलव ५२ अंकले घटेर तीन सय ४९ दशमलव ५८ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पाँच दशमलव २३ अंकले बढेर तीन सय ५८ दशमलव १८ अंकमा कायम रहन सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा दोस्रो दिन दुबै सुचक घटेपनि बाँकी दिनहरुमा भने नेप्से सुचक एवं सेन्सिटिभ इन्डेक्स दुबै नैं बढेका थिए ।

यो साता शिवम सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया