मंगलबार, जेठ १, २०८१

कीर्तिपुर र मूलपानी मैदानको स्तरोन्नती २ वर्षभित्र गरिने

नेपालखोज २०८० जेठ ५ गते १७:५४

काठमाडाैं । सरकारले वडास्तरमा खेल मैदान निर्माण गर्ने अभियानलाई यसपटक पनि निरन्तरता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले कीर्तिपुर र मूलपानी मैदानको स्तारोन्नती २ वर्षभित्र गरिने बताएका छन् । यसैगरी भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय कीक्रकेट मैदान र धनगढीको फाप्ला मैदानलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै हरेक विद्यालयमा खेल शिक्षक अनिवार्य राख्ने  उल्लेख गरिएको छ भने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा फोकस हुने पनि उल्लेख छ । 

प्रतिक्रिया