सोमबार, वैशाख १७, २०८१

‘ए’ डिभिजन लिग : एपीएफ पराजित

नेपालखोज २०८० जेठ ५ गते १८:३१

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्समा शुक्रबार हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३-२ गोल अन्तरले हराएको हो ।

खेलको सातौं मिनेटमा गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुवाती अग्रता दिलाएका थिए । १८औं पिस्टनले गोल गर्दा हिमालयन २-० ले अघि रह्यो ।

हिमालयनको यो छैटौं जित हो । हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । हिमालयन सातौं स्थानमा रहेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ । एपीएफ ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया