सोमबार, वैशाख १७, २०८१

चेन्नई आईपीएलको प्लेअफमा

नेपालखोज २०८० जेठ ६ गते १९:५७

काठमाडाैं । चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ७७ रनले हराएकाे छ । शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७७ रनको सानदार जित निकाल्दै चेन्नईले प्लेअफ यात्रा तय गरेको हो ।

चेन्नईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनायो । उसका लागि डेविड वार्नरले सर्वाधिक ८६ रन बनाए । चेन्नईका दीपक चहरले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोली चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनायो । उसका लागि देवन कन्वेले ८७ र ऋतुराज गायकवाडले ७९ रन बनाए ।  दिल्ली यसअघि नै प्लेअफ यात्राबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया