बुधबार, वैशाख १२, २०८१

माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख चोरी

नेपालखोज २०८० जेठ ८ गते ११:२४

जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ ।

रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम चोरी भएको हो । आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खाताबाटै रकम चोरी भएको थाहा पाए ।

रकम चोरी भएको माछापुच्छ्रे बैंक उद्योगपति डा. उपेन्द्र महतो र जनता समाजवादी पार्टी (जसपा)का सांसद विरेन्द्र महतो दाजुभाइको हो ।

सांसदबाट निर्वाचित भएपछि विरेन्द्रले बैंकको सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका थिए । अहिले उनकै दाइ उद्योगपति डा. उपेन्द्र बैंकको सञ्चालक समितिका अध्यक्ष छन् ।

प्रतिक्रिया