११ जना सगरमाथा आरोहीको मृत्यु
नेपालखोज
२०८० जेठ ८ गते १३:४५
काठमाडौं । यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको छ ।
आजसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए ।
यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति लिएका मध्ये लगभग ४५५ जनाले सगरमाथा चुमिसकेका छन् ।
यस सिजनमा ४७८ जनाले अनुमति लिएका छन् । तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको संख्या अनुमति लिनेको संख्या भन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ ।
यस सिजनको आरोहण वैशाख ३० गतेबाट सुरु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया